राप्ती अंचलको द्धार कोईलावासको बाटो हुदै ५ वटा सवारी साधनबाट दाङ २०३७ सालमा अनौपचारिक रुपमा राप्ती अञ्चल बस तथा मिनीबस समिति नामबाट संस्था खोलेर यातायात सेवा सञ्चालन भए तापनि २०४१ सालमा जिल्ला प्रशासन कार्यालय दाङमा राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिको नामबाट दर्ता नं. ११ मा विधिवत रुपमा संस्था दर्ता भई हाल सम्मको राप्ती अंचल कै सबैभन्दा पुरानो एवं परिचित संस्थाको रुपमा राप्ती अंचलको विभिन्न सुगम तथा दुर्गम स्थानहरुबाट आम यात्रुहरुलाई सुविधायुक्त यातायात सेवा प्रदान गदै आईरहेको संस्था राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समिति हो । स्वर्गिय अध्यक्ष विश्वनाथ पोखरेलले स्थापना गरेको यस समितिमा देवीबहादुर डि. सी. ज्यू, स्वर्गिय देवीप्रसाद धिताल, नेत्रमणी लामिछाने ज्यू, प्रेम बहादुर बस्नेत ज्यू स्वर्गिय जितेन्द्र बहादुर शाह को पूर्ण सफल कार्यकाल पश्चात हाल श्री शुरेस हमाल ज्यूको अध्यक्षतामा वर्तमान कार्यसमितिले यस समितिको हित, उन्नती प्रगतिको जिम्म्ेवारी पाएको छ । समयको माग र समय सापेक्ष पुराना गाडीहरु विस्थापीत गर्दै नयाँ गाडी स्थापित गर्ने क्रममा हाल यस संस्थामा विभिन्न वर्गका ठूला र साना गाडी गरी ६०० वटा सवारी साधानहरु दर्ता रहेका छन् । यात्रुहरुको माग र चाहना अनुरुप दाङको तुलसिपुर देखि काठमाण्डौ सम्मको लागी यस समितिले स्तरीय सुविधायुक्त डिलक्स गाडीहरु संचालन गर्दै आईरहेको र यहि २०७२ पौष महिना देखि ए.सी. तथा डिलक्स गाडीहरु समेत संचालनमा ल्याएको छ । यस राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिले लामो तथा छोटो दुरीमा राप्ती अंचल भित्र दाङ, सल्यान, प्यूठान, रुकुम, रोल्पा र राप्ती अंचल बाहिर काठमाण्डौ लगायत पोखरा, विरगंज, काँंकडभित्ता, विराटनगर, नारायणगढ, बुटवल, पाल्पा, कृष्णनगर, भैरहवा, नेपालगंज, सुर्खेत, राजापुर, धनगढी, महेन्द्रनगरका विभिन्न स्थानहरु सम्म करिब १०० वटा रुटहरुमा आफ्नो यातायात सेवा संचालन गरिरहेको छ । सेवा नै धर्म हो र यात्रुमैत्री यातायात सेवा नै हाम्रो प्रतिवद्धता भन्ने मूलनारालाई आत्मसाथ गरी सेवा दिदै आईरहेको यस राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समिति नेपाल सरकारको निती अनुरुप हाल मिति २०७६।२।१३ गते देखि त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि. मा रुपान्तरित भई यातायात व्यवसायलाई मर्यादित, अनुशासीत र व्यवस्थित बनाउने यस समितिको कर्तव्य तथा प्रमुख दायित्व रहेको छ ।